तीजको अवसरमा महिला संघ गलकोटद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण 

  • भदौ १०, २०८२

बागलुङ - नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ गलकोट नगर समितिद्धारा हरितालिका तीजको अवसरमा खाद्यान्न वितरण गरेको छ ।  संघले सामाजिक उत्तरदायित्व र परोपकारी भावनालाई उच्च प्राथमिकतामा राख्दै गरिव तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो । 
खाद्यान्न हस्तान्तरण गर्दै नेपाल महिला संघ गलकोट नगर समितिका अध्यक्ष मिना श्रेष्ठले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आपसी सद्भाव, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको बताईन । उनले  तीज पर्व केवल गित नृत्य र रमाईलोमा मात्र सिमिति नभई एकआपसमा आपसी सहयोग र सहानुभुतीबाट समाजमा एकअर्काको दुख सुख बाड्ने संस्कृतिको प्रतिक हो भन्ने धारणा राखेकी थिईन  । श्रेष्ठले महिलाले समाज परिवर्तमा नेतृत्वदायी भुमिका खेल्न सक्ने बताउँदै यस्ता खालका सहयोग कार्यक्रमहरु निरन्तर आयोजना गर्ने प्रतिवद्धता जनाईन । 
गलकोट नगरपालिका वडा नम्वर १ देखी ११ सम्मका ११ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको थियो । जसअन्तर्गत गलकोट नगरपालिका वडा नम्वर १ को मनकुमारी कार्की, वडा नम्वर २ को खुईटे सार्की, वडा नम्वर ३ को खेम बहादुर दर्जि, वडा नम्वर ४ को जमुना सुवेदी, वडा नम्वर ५ को यमकली वि।क।, वडा नम्वर ६ को सरिता वि।क।, वडा नम्वर ७ को सरस्वती गुरुङ, वडा नम्वर ८ को मन बहादुर क्षेत्री, वडा नम्वर ९ को दिलकुमारी वि।क।, वडा नम्वर १० को प्रेम वि।क। र वडा नम्वर ११ को धना घर्तीलाई खाद्यान्न वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताईन ।  
गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, वडा नम्वर ५ का वडा अध्यक्ष पवन हमाल, वडा नम्वर ९ का वडा अध्यक्ष तेज बहादुर थापा, कार्यपालिका सदस्य तुलसी परियार, गंगा छिनाल दर्जि, उद्योग वाणिज्य संघ गलकोटका सभापती ढालिन्द्र प्रसाद गौतम, नेपाल महिला संघका पुर्व जिल्ला सदस्य शिव कुमारी खत्री, नेपाल महिला संघका गलकोटका कोषाध्यक्ष भगवती मल्ल, अन्य पदाधिकारीहरु लगायतको उपस्थितीमा खाद्यान्न वितरण गरिएको हो । 
खाद्यान्न ग्रहण गर्दै सहभागिहरुले समाजका कमजोर र वञ्चित वर्गलाई प्रत्यक्ष राहात पुयाउने उद्देश्यले गरिएको यस पहलले महिला संघ गलकोट नगर कार्यसमितिको सामाजिक उत्तरदायित्व प्रति प्रतिवद्धता देखाएको कार्य सह्रानिय रहेको बताएका थिए ।

प्रतिक्रिया