पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन- काँग्रेस प्रवत्ता महत 

  • कार्तिक २७, २०८१

बागलुङ -नेपाली कांग्रेसका प्रवत्ता डा. प्रकाशशरण महतले देशमा जति नयाँ राजनिति पार्टीहरु उदाए पनि मुलुकको ऐतिहासिक परिवर्तनमा मुख्य भुमिका पुरानै पार्टीको रहेको बताएका छन । नेपाली काँग्रेस बागलुङले  जिल्ला मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले देशका हरेक परिवर्तन अहिलेका ठुला दलहरुकै नेतृत्वमा भएको हुँदा नयाँ पार्टीले केही गर्न नसक्ने बताएका छन । महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माण लगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेको हुँदा सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिए ।  महतले काँग्रेस अहिले उपनिर्वाचनमा लक्षित भएको भन्दै सवै तहमा आफ्नो पक्षका उम्मेदवारहरुलाई जिताउनका अग्रसर हुनका लागि आग्रह गरे । महतले  स्थानीय तहबाटै नेता तथा कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिँदै उनले व्यक्तिभन्दा माथि पार्टीलाई राख्नुपर्ने जोड दिए । 
२०४६ सालको परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएको बताउँदै पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गरे । महतले पार्टीको मर्म र सिद्धान्त अहिलेका युवा पुस्तालाई बढि बुझाउन आवश्यक रहेको बताए । उनले विपिको विचार र सिद्धान्तमा आत्मसाथ गर्दै पार्टीको नीति र रणनीतिको बारेमा तल्लो तह देनी नै अग्रसर हुनुपर्ने बताए । महतले देशको आर्थिक समृद्धिमा रुपान्तरण  ल्याउन ठुला दलहरुकै निरन्तर नेतृत्व आवश्यक रहेको बताए । डा. महत मंगलबार नै जिल्लाको गलकोट नगरपालिकामा पनि नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । 

प्रतिक्रिया