गणेश  थापाको उपचारका लागि २० हजार सहयोग

  • भदौ २५, २०८०

बागलुङ -  ब्रोन क्यान्सर पीडित भएका बागलुङका गणेश  बहादुर थापाको उपचारका लागि २० हजार नगद सहयोग गर्दै मालिका सेवा समाज बागलुङ । उक्त सहयोग रकम गणेश थापा उपचार सहयोग समितिका संयोजक चन्द्रबहादुर थापालाई मालिका सेवा समाजका अध्यक्ष जीवननाथ शर्मा, पूर्व प्रदेश सांसद इन्द्रलाल सापकोटाले हस्तान्तरण गरेका थिए । उक्त अवसरमा मोटरसाईकल दुर्घटनामा घाईते भएका मालिकाका दीपक किसानलाई पनि नगद २० हजार सहयोग गरिएको थियो । 

प्रतिक्रिया