वीरगंज, २१ कार्तिक । वीरगंजको नारायणी अस्पतालमा तेस्रो पटक निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा डा. चित्तरञ्जन साह नियूक्त हुनुभएको छ । डा। साहलाई अस्पताल विकास समितिका सदस्य विमल पौडेलले स्वागत गर्नुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा तत्कालीन मेसु डा. चुमनलाल दासको सरुवा भएपछि रिक्त पदमा डा. साहलाई निमित्त जिम्मेवारीको रुपमा नियूक्त गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका सद्स्य विमल पौडेलले अस्पतालका विद्यमान समस्याहरू समाधान गर्दै जनताको हितमा काम गर्न सुझाव दिनुभयो । अस्पताललाई मधेश प्रदेशकै नमुना बनाउनु पर्ने दायित्व रहेको भन्दै अस्पताल विकासका लागि आवश्यक सहयोग विकास समितिले उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा सरुवा भएका पूर्व मेसु डा. चुमनलाल दासलाई पनि सदस्य पौडेलले स(सम्मान बिदाइ गर्नुभयो । डा. दासको कार्यकालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम भएको भन्दै पौडेलले उहाँको कार्यकुशलताको खुलेर प्रसंसा गर्नुभयो ।
कार्यक्रममा अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहसहित अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।