बागलुङ- नेकपा एमाले बागलुङ नगर कमिटिले धौलागिरी अस्पताल बागलुङको सेवा प्रवाह र बागलुङ नगरपालिकाको चालु आर्थिक वर्षको खर्च प्रति ध्यानकर्षण गराएको छ । विहिबार पत्रकार सम्मेलन मार्फत धौलागिरी अस्पतालको सेवा प्रवाहमा अस्पताल विकास समिति र कर्मचारी प्रशासन विच सुमधुर सम्बन्ध नभएका कारण सेवा प्रवाह प्रभावकारी हुन नसकेको बताईएको छ । त्यसैगरी एमाले नगर कमिटिले बागलुङ नगरपालिकाको विकासे बजेट भन्दा चालु बजेटमा आवश्यकता भन्दा बढी खर्च भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाका जनप्रतिनिधिले सुविधाका नाममा मनपरी गरेको बताउदै सुविधाका लागि लिइएको रकम समेत सार्वजनिक गरेको छ ।
एमाले नगर कमिटिले पूँजीगत खर्च कम गर्दा विकास प्रवाभित भएको भन्दै नगरपालिकाले लिएका राम्रा योजनाप्रति एमालेको साथ र सहयोग रहने भन्दै फजुल खर्चघटाउनुपर्ने जनाएको छ । एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले पत्रकार सम्मेलनमा मध्य असार आउनै लाग्दा समेत ५५ पूँजीगत खर्च गरको बताउदै इन्धन, सवारीसाधनमा रु. २ करोड, इन्धनमा मात्रै रु. ६५ लाख, पदाधीकारी पारिश्रमिकमा रु. २ करोड, पदाधीकारी भत्तामा एक करोड ६२ लाख, भ्रमण, विविध तथा सभाल सञ्चालनमा रु. १ करोढ ९३ लाख खर्च अस्वभाविक रहेको नगरकमिटि अध्यक्ष शर्माले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालनका लागि सवारीसधान, इन्धन र राज्यले दिएको सुविधाको नाममा मनपरी गर्न नहुने भन्दै अहिलेको खर्चमा ५० प्रतिशत भन्दा बढी खर्च घटाएर पूँजिगत बजेट बढाउनुपर्ने उनको भनाई छ । नगरपालिकाले विमानस्थल तथा बसपार्क चलाउन नसकेको बताउदै एक घर एक धारा, लिफट् योजना अलपत्र पारेको लेखा समितिले दिएको सुझावलाई बेवास्ता गरेको, ब्लकमा बजेट राखेर नीति विपरित खर्च गरेको समेत एमालेको जिकिर छ ।
पत्रकार सम्मेलनमा धौलागिरी अस्पतालमा समेत पछिल्लो समय वेतिथि मौलाएको भन्दै नागरिकलाई स्वास्थ्यसेवाबाट बन्च्ति गर्ने खेल अन्त्य गर्नुपर्ने बताए । एमाले नगरकमिटिले अस्पतालमा बजेट निकासा नहुँदा अत्यावश्यक औषधी समेत अभाव भएको जनाएको छ । विद्यालय समायोजन आजको आवश्यकता रहेपनि शिक्षा समितिको निर्णय नमानेर शिक्षकको सरुवा गरेको एमाले बागलुङ नगरकमिटिले आरोप लगाएको छ । एमाले नगर कमिटिको जेष्ठ १८ र १९ गते बागलुङ बजारमा सम्पन्न गरको दोस्रो नगर अधिवेशनको आयव्यय समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । अधिवेशनमा रु. २ लाख २५ हजार आम्दानी र एक लाख ८६ हजार खर्च भएको जनाएको छ ।