बागलुङ- बागलुङमा श्रीमानले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरेर गम्भीर घाईते गराएका छन । जिल्लाको काठेखोला गाउँपालिका –४ तंग्रामका ३० वर्षीय हिमाल परियारले घरायसी विवादमा श्रीमतीलाई बन्चरो प्रहार गरेर घाईते गराएका छन । १९ वर्षीय श्रीमती अन्जु परियारलाई बन्चरो प्रहार गरी गम्भिर घाइते बनाएका परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
कार्तिक ४ गते आईतबार दिउँसो साढे १२ बजे बन्चरो प्रहार गर्दा श्रीमती अन्जुको टाउँकोमा चोट लागेको र अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
श्रीमान हिमाललाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । मंगलबार जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।