कांग्रेसको महाधिवेशन आगामी पुसमा यस्तो छ कार्यतालिका

  • मङ्सिर १५, २०८२

काठमाडौं । लामो रस्साकस्सीपछि अन्तत: सहमति जुटाउँदै नेपाली कांग्रेसको सिंगो कार्यसमिति आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णयमा पुगेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएसँगै यो गाँठो फुकेको हो ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसभित्र २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै नियमित महाधिवेशनको माग जोडसँग उठेको थियो ।

पार्टीको संस्थापन पक्ष त्यसमा सहमत नदेखिएपछि संस्थापनइतर पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको थियो । १४औं महाधिवेशनका झन्डै ५५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको निवेदन असोज २८ मा केन्द्रीय कार्यालयमा दर्ता भएको थियो ।

त्यसपछि पार्टी विशेष कि नियमित महाधिवेशन भन्ने विवादलाई लिएर दुई कित्तामा बाँडिएको थियो । संस्थापनपक्षमा रहेका पूर्वपदाधिकारीहरूले फागुनको निर्वाचनअघि महाधिवेशन सम्भव नै नरहेको भन्दै आगामी वैशाखमा गर्नुपर्ने विकल्पसहित तत्काल नियमित र विशेष दुवै प्रस्ताव खारेज गरिरहेका थिए ।

कांग्रेस विधानमा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नु पर्ने व्यवस्था छ । त्यसकारण आगामी पुसको २८ गतेभित्र जसरी पनि विशेष महाधिवेशन गर्नैपर्ने दबाब कांग्रेसमा थियो ।
तर, विशेषमा जाँदा पार्टी विभाजन हुने जोखिम रहेको भन्दै कार्यबाहक सभापति खड्कालगायतले सहमतिको निरन्तर प्रयास गरिरहेका थिए । उपचार सकेर सिंगापुरबाट फर्किएपछि सभापति देउवाले नै असन्तुष्ट नेताहरूलाई बोलाएर पटकपटक छलफल गरी पुस अन्तिममा नियमित महाधिवेशनका लागि मनाएका हुन् ।

यस्तो छ कार्यतालिका

May be a doodle of tree and text that says 'गाउँ गाउँ/नगर नगर वडा अधिबेशन २०८३ पुष १६ गाडँ/ नगरपालिका /नगरपालिका अधिबेशन จง २०८२ २०८२पुरष१७ पुष एकमात्र क्षेत्र एकमात्रभएको भएको जिल्ला अधिदेशन २०८२ पुष २१ ੧੩औं महाधिवेशन प्रदेशसभाक्ष्रीय प्रदेशसभा क्षेत्रीय २०८३ पष १ अधिबेशन प्रदेश अधिदिेशन पुष२३२२४ पुष प्रतिनिधिसभा क्षेत्रीय अधिनेशन ನింತಾನಿ पुष २१ कद्द्रीय महाधिवेशरन २०૮३ पुष २६,२७ र २८ एकभल्दाक्हीसद्रभाएका एकताजीधिविशते एकभन्दा बढ़ी जिल्ला अधिवेधन २०८२ २०८२पुष२२ पुष २२ नेपाली कांग्रेसको 9넌 औ महाधिवेशन तालिका'

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय