प्रेस युनियन बागलुङले पत्रकार महासंघ बागलुङलाई विधि र पद्धति अनुसार संचालन गर्न माग

  • जेठ २७, २०८०

बागलुङ- नेपाल प्रेस युनियन बागलुङ शाखाले नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई विधि र पद्धति अनुसार संचालन गर्न माग गरेको छ ।

युनियनका सभापति प्रदिप पन्तले शनिबार एक विज्ञप्ती प्रकासित गरि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मिति २०७९ षौष २ गते सम्पन्न नेपाल पत्रकार महासंघ बागलुङ शाखाको साधारण सभाको बन्द सत्रमा छलफल नै नभएको बिषयलाई महासंघ शाखा सचिवले मिति २०८० जेठ २१ गते आफू खुशी कम्प्युटर टाईप गरी किर्ते निर्णय गरी नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल पुनः अध्यक्षको भूमिकामा नफर्किने निर्णय भएको भन्दै निर्णय प्रतिलिपि सहितको पत्र नेपाल पत्रकार महासघको केन्द्रीय कार्यालयमा पठाउने कार्य गरेको र महासंघको सचिव पदको दुरुपयोग गरेकोमा नेपाल प्रेस युनियन बागलुङ खेद प्रकट गर्दछौं आज नेपाल प्रेस युनियन बागलुङ शाखाका अध्यक्ष पन्तले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ ।

महासंघको केन्द्रीय समिति र प्रदेश समिति यस विषयमा जानकार भएकोले यसको समाधानको लागि गम्भीर पहल गर्न ध्यानाकर्षण गरेको छ ।महासंघको विधान अनुसार कार्यवाहकको जिम्मेवारी दिने अधिकार स्वयं अध्यक्षमा नै निहित रहको विज्ञप्ती मार्फत स्मरण गराएको छ ।

पत्रकार महासंघको किर्ते गरी माइन्युट गर्नेलाई छानविन गरी कारबाहीको दायरामा ल्याउन नेपाल प्रेस युनियनले माग गरेको छ । नेपाल पत्रकार महासंघ सबै विचार र आस्था राख्ने श्रमजिवी पत्रकारको साझा संस्था भएको भन्दै संस्थाको गरिमा बचाउन हामी सबै जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने र महासंघमा कुनै समस्या आएमा सहकार्य र सहमतिमा समाधान गर्न माग गरेको छ ।

अहिले देशभर महासंघले सञ्चालन गरेको पत्रकार शुद्धिकरण अभियानमा युनियनको पूर्ण साथ र सहयोग छ । शुद्वीकरण अभियान र नविकरणलाई तार्किक निष्कर्षमा पुर्याउनको लागि सबैले खुल्ला ह्रदयले छलफल चलाउन र वास्तविक शुद्वीकरणको लागि सबै इमान्दार भएर अगाडि आउनु पर्दछ ।

युनियनसँग छलफल र संवाद नै नगरि गलत नियतले गर्न खोजिने शुद्वीकरण अभियान र निर्णयलाई युनियनको साथ र समर्थन रहने छैन विज्ञप्तीमा उल्लेख छ ।महासंघ बागलुङ शाखाका इतिहासको तिक्ततापूर्ण अनुभवबाट पाठ सिक्दै सहमति र सहकार्यको आधारमा सम्पूर्ण श्रमजीवि पत्रकारको अपनत्व हुने गरी सर्वसम्मत नेतृत्व चयन गर्ने परम्पराको सुरुवात भएको थियो ।

पत्रकारका सबै संगठनको सहयोगमा सहकार्य गरेर काम गर्दा पत्रकार महासंघ बागलुङ शाखाले थुप्रै उपलब्धी पनि हासिल गरेको छ विज्ञप्तीमा उल्लेख गरिएको छ । पत्रकार महासंघको शुद्धिकरण अभियानलाई सबैको सहमतिमा अघि बढाउनुपर्ने बेला केही व्यक्तिको निहित स्वार्थमा पत्रकार महासंघमा विवाद सृजना गर्ने कार्यले युनियन दुःखी छ ।

नेपाल पत्रकार महासंघको विधान विपरित दिएको कार्यवाहकको जिम्मेवारी फिर्ता लिन, किर्ते निर्णय गरेर पत्राचार गर्नेलाई कारबाही गर्न र पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर्न नेपाल प्रेस युनियन पत्रकार महासंघको केन्द्रीय समिति र महासंघको प्रदेश समितिलाई आग्रह गर्दछ ।

महासंघको विधान विपरितका कार्य तत्काल नसच्चिए प्रेस युनियनले थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिन चाहान्छौं विज्ञप्तीमा भनिएको छ ।

May be an image of temple and text

प्रतिक्रिया