बागलुङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले राजनितिक चरित्र नभएकोले व्यक्तिले देशको नेतृत्व गर्न नसक्ने बताएका छन । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै प्रचण्ड राजनितिक हिसाबले चरित्रहिन मान्छे भएको आरोप लगाएका छन । प्रेस चौतारी नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बस्नेतले देश राजनितिक फण्डामा प्रचण्डकै कारणले फसेको बताएका छन । ‘देश ३२ सिट ल्याउने प्रचण्डको हातमा छ । उहाँले ९० सिट ल्याउने काँग्रेसलाई साथमा लिएर शासन चलाउनुभएको छ नेता बस्नेतले भने,–‘दुई महिना सम्म पिरती एमाले सँग हुन्छ । दुईमहिना पछि काँग्रेस सँग हुन्छ । एमालेलाई छाडेर उता गए पनि मन त यतै थियो नि भन्ने गर्नुहुन्छ, जहाँबाट आफु सत्तामा पुग्छु र टिक्छु लाग्छ उतै, यस्तो चरित्रले कसरी मुलुक परिवर्तन गर्न सक्दछ ।’ उनले काँग्रेस वा एमालेको बैशाखी नटेकी प्रचण्ड कुनै पनि यात्रा गर्न नसक्ने बताए ।
उनले माईतिघर र रत्नपार्कमा हुने राजििनतिक फण्डा अहिले संसद र मन्त्रिपरिषदमा पुगेको छ । पुर्व मन्त्री समेत रहेको बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रास्वपाका सभापति रवि लामिछानेले नै राजनितिक फण्डा गर्दै हिँडेको बताए ।
बस्नेतले भ्रष्टचारको छानविक निपक्ष ढंगले गर्नुपर्ने बताएका छन । उनले अनुसन्धानकामा रहेका रेर्कडहरुलाई पनि छानविन गरेर कानुनको दायारामा ल्याउनुपर्ने बताए । ‘दोषीलाई कारबाही गरौं कानुनको दायारामा ल्याउन निर्दोषलाई फसाउने काम नगरौं, गृहमन्त्री ज्यू निपक्ष छानविन गर्नुहै यसमा नेकपा एमालेको साथ रहेको छ बस्नेतले भने, ।’ उनले यती, ओम्नी, सेक्युरेटी प्रेस, नक्कली सुन लगायतका काण्ड पनि यथाशिघ्र छानविन गर्नुपर्ने बताए । बस्नेतले टोपबहादुुलाई नेकपा एमालेले निलम्बन गर्दै गर्दा काँग्रेसले बालकृष्ण खाँडलाई अहिले सम्म निलम्बन गर्न नसक्नु हाँस्यास्पद भएको बताए ।
बस्नेतले नयाँ उदय भएको दल रास्वपाले बालेन र हर्कले कमाएको व्याज खाएको बताए । ‘राजनिति सामाजिक संजालमा मात्र हुँदैन, प्रतिशोध ढंगले कसैले पनि गर्न सक्दैन बस्नेतले भने,–‘रविलामिछाने जि हरु कागजको खिर पकाउने मात्र हुन । उनिहरु भित्र नै तिक्तता बढ्दै गएको छ । मुलुकमा राजनितिक स्थिरता भनेकै एमाले र काँग्रेसमा नै हो ।
देशमा गिरीजा प्रसाद कोइराला र केपी ओलीको सरकार मात्रै अहिले सम्म लामो समय टिकेको स्मरण गर्दै स्थिर सरकार भएमा मात्रै विकास हुने बताए । नेकपा एमालेका यूवा इन्चार्ज समेत रहेका नेता बस्नेतले नेता बस्नेतले अहिलेको सरकारले भष्ट्रचार विरुद्धको अभियानमा एमालेको साथ रहेपनि असली भष्ट्रचारीलाई कानूनी दायरामा ल्याउने र बिना प्रमाण कसैको नाम उल्लेख नगर्न आग्रह गरे । “भष्ट्रचारहरु सबैलाई कानूनी दायरामा ल्याउन आवश्यक छ, अहिलेको सरकारले खुट्टा नकमाओस भन्ने हो” नेता बस्नेतले भने “विमानस्थलबाट १५५ केजी सुन बाहिर आउनु भनेको विमानस्थलको अवस्थाको विषयमा छर्लङ्ग हुनु हो ।”
नेता बस्नेतले पत्रकारहरुको जवाफमा एमाले विरुद्धको चौतर्फी घेराबन्दी तोडेर मिसन २०८४ अभियान चलाइरहेको जानकारी दिए । उनले एमाले विरुद्धका भ्रमहरु चिर्न युवासंघका नेताहरु गाउँ–गाउँमा पुगिरहेको जानकारी दिए प्रधानमन्त्री प्रचण्ड अस्थिरताको नमुना रहेको जिकिर गर्दै नेता बस्नेतले जनतालाई भ्रम सृजना गर्नुबाहेक अहिलेको सरकारले त्यस्तो कुनै स्मरणयोग्य काम नगरेको बताए । कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष सिर्जना पन्तको अध्यक्षता र स्वागत सचिव अर्जुन कार्कीको संचालनमा सम्पन्न भएको थियो ।