बागलुङ- देशव्यापी रुपमा आन्दोलनको क्रम चलिरहेको जेनजी पुस्ताको बागलुङमा पनि विरोध ¥याली सहित आन्दोलन भएको छ । यहाँका सयौं युवाहरु विभिन्न नारा लगाउदै बजार परिकर्मा गरेका छन् । आन्दोलनको सुरुवातीमा डिउटीमा खटिएका नेपाल प्रहरीलाई पुष्प गुच्छा प्रदान गर्दै गरेका छन । उनिहरुले ‘भैसी लड्यो है माया भिरबाट हेर, हाम्रो ट्याक्स है माया गै गयो लौ खेर’ ‘भष्ट्राचार धपाऔं, देश बचाऔं, घुस लिने ? नलिने, मेरो करले चल्छ तिम्रो घर, नजलाउ हाम्रो भविश्यको घर’ लगायतका नारा लगाउदै विरोध गरेका थिए ।
बागलुङको लोकतान्त्रिक चोकमा आयोजित बिरोधसभा बागलुङ बजार परिकर्मा गरेर लोकतान्त्रिक चोकमै आएर समापन गरिएको थियो । करिब २०० युवाहरुको सहभागीले विरोध जनाएको थियो । यहाँका युवाहरु विरोश क्षेत्री, अभिषेक कटुवाल, ओमकार सुवेदी हिमाल कंडेल लगायतका युवाहरुको नेतृत्वमा सयौं युवाहरु सडकमा उत्रिएका छन । डिउटीमा खटिएका प्रहरीलाई पुस्प गुच्छा प्रदान गर्दै युवाहरुले आन्दोलनको सुरुवात गरेका थिए ।
आन्दोलनमा विभिन्न क्याम्पसका विद्यार्थी, स्वतन्त्र युवा तथा विद्यार्थी नेताहरु समेत सहभागी थिए भने जेनजी आन्दोलनमा पाका युवाहरु समेत सर्मथन गर्न पुगेका थिए । लोकतान्त्रिक चोकमा जम्मा भएका युवाहरुले प्लेकार्ड सहित समिट चोक, जिल्ला प्रशासन कार्यालय हुँदै पुनःलोकतान्त्रिक चोकमा पुगेर आन्दोलन समापन गरिएको थियो । उनिहरुले देशमा भष्ट्राचार बढेको, करको दुरुपयोग बढेको लगायत लेखेका प्लेकार्ड सहितको नारा लगाएका थिए ।