निर्वाचन कानुन संशाेधन गरौं गठवन्धन गर्न नमिल्ने बनाऔं - महामन्त्री गगन थापा

  • पुस २, २०८०

बागलुङ - नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रिय राजनितिक दलहरुले निर्वाचन अगाडी गठवन्धन गर्न नमिल्ने निर्वाचन कानुन संसोधन गर्नुपर्ने बताए । नेपाली कांग्रेस पर्वत क्षेत्र नं १ प्रदेश सभा क को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै उनले ठुला राजनितिक दलले निर्वाचन कानुन ससोधनको प्रस्ताव अगाडी सार्नका लागी आग्रह गरे । उनले ठुला राष्ट्रिय दलहरुले निर्वाचन अगाडी गठवन्धन गर्ने नहुने र आफ्नो क्षमता नाप्नुपर्ने बताए ।

' मैले नेकपा एमाले लगाएतका दलका नेताहरुले पनि यही प्रस्ताव राखेको देखेको छु। महामन्त्री थापाले भने, सबै मिलेर गठवन्धन गर्ने कानुन संसोधन गरौ २०८४ मा एक्ला एक्लै लडौँ । ' उनले निर्वाचन पछाडी गठवन्धन गरे पनि अगाडी सबै ढोका बन्द गर्नुपर्ने बताए । थापाले अबको निर्वाचनमा काँग्रेस एक्लै होमिने हुँदा कार्यकर्ता हरु सोही अनुसार संगठन सुदृढीकरणमा लाग्न आग्रह गरे । थापाले केपी बा लाई सरकारको नेतृत्व गर्र्न दिए पुन : संसद विगठन गर्ने बताए ।

' बा ले हामी सरकारमा नगए सम्म देश बन्दैन भन्दै देश दोडाह मा हुनुहुन्छ उनले भने, उहाँ सरकारमा गए देश हैन पुनः संसद विगठन हुन्छ। ' थापाले सरकारको काम प्रति जनता मात्र हैन काँग्रेस पनि सन्तुष्टी नरहेको बताए । थापाले अहिलेको सरकारले १०० मा १० अंक मात्र प्राप्त गर्ने काम गरेको हुँदा अब अंक बढाउने काम गर्नुपर्ने बताए । थापाले आम कार्यकर्ता लाई आफ्नो संगठन निर्माणमा लाग्नु पर्ने बताए ।

प्रतिक्रिया