परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा राजेन्द्र, कोषाध्यक्षमा बासु

  • मङ्सिर १, २०८१

बागलुङ - नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा चितवनका राजेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन । संघको बागलुङमा सम्पन्न ४२ औं केन्द्रीय सभाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय समिति निर्वाचित गरेको हो । 

अध्यक्षको उमेदवारी दिएका चार जना मध्ये निरन्जन प्रसाद श्रेष्ठ र राजेन्द्रबहादुर श्रेष्ठको मत बराबरी भएपछि गोलाप्रथाबाट राजेन्द्र अध्यक्षमा निर्वाचित भएका हुन । बराबरी भएका अध्यक्षका उम्मेदवारद्धयले १०—१० मत प्राप्त गरेका थिए  भने अध्यक्षका अर्को उम्मेदवार मनोज क’मार उप्रेतीले ५ मत र डा. किरण रेग्मीले २ मत प्राप्त गरेका थिए । संघको केन्द्रीय कोषाध्यक्षमा बागलुङका निर्माणकुमार श्रेष्ठ, बासु निर्वाचिन भएका छन् । उनी बागलुङ शाखाका शाखाका अध्यक्ष समेत हुन् । बासुका निकतम प्रतिस्पर्धी जनकराज जोशीले १० मत र अर्का उम्मेदवार सुरेन्द्र बस्नेतले ५ मत प्राप्त गरेको निर्वाचत अधिकृत भुमिश्वर गौतमले जानकारी दिए । 

अन्य सदस्य पदमा निर्विरोध भएता पनि महिला तर्फको केन्द्रिय सदस्यमा पनि निर्वाचन भएको थियो । महिला तर्फको केन्द्रिय सदस्यमा कमला सापकोटा र राधिका गुरुङ निर्वाचित भए । सापकोटाले २० मत प्राप्त गरेकी छन भने गुरुङले १६ मत प्राप्त गरेकी थिईन । महिला सदस्यकै अर्का उम्मेदवार नितु बस्नेतले १४ मत प्राप्त गरेर पराजय बेहोर्नु प¥यो । 
संघको युवा सदस्य तर्फ प्रमिला खड्का र भागिरथी भट्ट निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै यौनिक तथा अल्पसंख्यक क्षेत्रबाट संजिया श्रेष्ठ, कानूनीक्षेत्रबाट चन्द्रमाया श्रेष्ठ, अर्थ सदस्य गजेन्द्रदेव लेखक र यौन तथा प्रजनन् स्वास्थ्य सदस्य दिनेशमान सिंह प्रधान पनि निर्विरोध निर्वाचित भएको निर्वाचन  अधिकृत गौतमले बताए । 
केन्द्रीय सभा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले नेपालको महिला स्वास्थ्य तथा सुरक्षित गर्भपतनको इतिहासमा परिवार नियोजनसंघले अग्रणी भूमीका खेलेको बताए । नेपालमा अन्य संस्थाले सुरक्षित सेवा दिन नसकेको बेला संघले दिएको भूमिकाबाट सिकेर अझै आधुनिक सेवामा पनि साथ दिनुपर्ने बताए । त्यसका लागि आगामी नेतृत्वले योजना ल्याउने बेला भएको समेत बताए । 

कार्यक्रममा बागमती प्रदेश सभाकी सदस्य गीता गुरुङ, पूर्व केन्द्रीय सदस्य प्रविण शाक्य, योगेन्द्र कमाचार्य लगायतले मन्तव्य राखेका थिए । केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुको अध्यक्षता, महासचिव अर्जुन सिग्देलको संचालन र बागलुङ शाखाका अध्यक्ष निर्माणकुमार श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा महासचिव सिग्देलले प्रगती प्रतिवेदन र कोषाध्यक्ष ज्योती श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया