बागलुङ महोत्सवको तयारी पुरा राष्ट्रपती पौडेलले उद्घाटन गर्ने

  • पुस १०, २०८०

बागलुङ -  भोली (बुधबार) देखी सञ्चालन हुने गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव स्थलमा स्टल निर्माणको कामदेखि रमाईलो मेला लगायतका सवै तयारी अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका संयोजक एवं बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । 
महोत्सवको उद्घाटन सम्माननिय राष्ट्रपती रामचन्द्र पौडेलले गर्ने भएका छन । पौडेल भोली विहान १० बजे सम्ममा बागलुङ आईपुग्ने कार्यक्रम रहेको छ । पौडेलले बागलुङको प्रसिद्ध ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका मन्दिरमा पुजा अर्जना र बागलुङ नगरपालिका—४ कुँडुलेमा रहेको शालिग्राम संग्राहलयको दर्शन तथा अवलोकन गर्ने  कार्यक्रम रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।  मन्दिर दर्शन पश्चात दिउँसो १ बजे महोत्सवको उद्घाटन स्थल धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा पुग्ने कार्यक्रम रहेको छ । महोत्सव उद्घाटनमा समारोहमा प्रदर्शन हुने झाँकी, स्थानिय कला संस्कृति कृषि प्रदर्शनी लगायतको तयारी पुरा भएको छ ।  
पुष २१ गते सम्म संचालन हुने महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्ने अपेक्षाका साथ संचालन गर्न लागिएको हो । 
महोत्सवका लागि तयार पारिएका १ सय ६९ वटा स्टल मध्ये १ सय ५० बुक भएको बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यले जानकारी दिए । महोत्सवमा बागलुङका स्थानिय उत्पादनहरुलाई विक्रि वितरणका लागि पनि राखिएको छ । महोत्सवमा सञ्चालन हुने खेलहरुको समेत तयारी पुरा भएको छ । महिला तथा पुरुष भलिवल प्रतियोगिता लगायतका खेलको सम्पुर्ण तयारी भएको आयोजकले जनाएको छ । 
महोत्सवमा ताराखोलाको स्थानीय उत्पादनहरु आलु, अल्लोको कपडा लगायतका उत्पादन र सिगाना, र बिहुँको सुन्तला प्रदशर्नी तथा बिक्रीको समेत व्यवस्थापनको काम सकिएको जनाएको छ ।
 

प्रतिक्रिया