बजेट बनाउँदा भुगोल र जनसंख्या पनि हेरौ : गणेश तिमिल्सिना 

  • असोज ७, २०८०

बागलुङ —  राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले तिन तहकै सरकारले भुगोल र जनसंख्याका आधारमा योजना निर्माण गरी बजेट विनियोजन गर्नुपर्ने बताएका छन । आईतबार बागलुङ नगरपालिका कार्यालयले आयोजना गरेको स्वागत तथा कार्यपालिका सदस्यहरु सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै तिमिल्सिनाले संघ प्रदेश र स्थानिय सरकारले भुगोल र जनसंख्याका आधारमा बजेट व्यवस्थापन गर्नुपर्ने बताए । 
उनले संघिय सरकारले न्युनतम ५० करोड भन्दा माथिका योजना बनाएर दुई प्रदेश वा धेरै क्षेत्र समेटन जरुरी रहेको बताए । उनले प्रदेश सरकारले दुई वा दुई भन्दा बढि जिल्ला वा नगरपालिकालाई समेटिने गरी योजना निर्माण गरेमा संघ प्रदेश र स्थानिय सरकारमा हुने योजनामा दोहोरोपन नहुने बताए । ‘संघले आफ्नो दायारामा रहेर बजेट निर्माण गर्नुपर्छ, प्रदेशले आफ्नो दायारामा रहेर, कुन क्षेत्रमा कसले बजेट राख्ने त्यो निश्चित भयो भने दोहोरो पन पनि हुँदैन, अध्यक्ष तिमिल्सिनाले भने, –‘साना–साना योजना स्थानिय सरकारले हेर्छ, ठुला योजना प्रदेश र संघले हेर्न हो । यसले समग्र विकास निर्माणमा सहज हुन्छ ।’ उनले संघिय सरकार र प्रदेश सरकारका मन्त्री र सांसदकै पहुँचमा साना र टुक्रे योजना निर्माण गर्न नहुने बताए । 
अध्यक्ष तिमिल्सिनाले सिंहदरबारमा निहित हुने अधिकार स्थानिय तहमा आयो भने पनि पुर्ण रुपमा कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरे । अधिकाशं ऐन, नियम र कानुन केन्द्र सरकारले नै निर्माण गरेर प्रदेश र स्थानिय सरकारले क्रमश निर्माण गर्ने हुँदा विभिन्न कारणले केन्द्रमै काम हुन नसकेको बताए ।  समयमा ऐन कानुन निर्माण गर्न नसक्दा सोचे अनुसार स्थानिय सरकारले प्रगती गर्न नसकेको उनको भनाई थियो । ‘कानुनु निर्माणको पहिलो काम संघिय सरकारको हो संघिय सरकारबाट हुने काम पनि धेरै बाँकी छन । यसले तल्लो तहमा काम गर्न कठिनाई भएको छ अध्यक्ष तिमिल्सिनाले भने,–‘माथिल्लो निकायमा कानुन निर्माण पुरा भए भने तल्लो निकायमा काम गर्न सहज हुने छ, खै हामी कहाँ अलमल परेका हौं ’
उनले बागलुङ नगरपालिकाको कार्यालय व्यवस्थापनका लागि संघिय सरकार र मन्त्रालयमा पहल थालिएको बताए । विगतमा खारेज भएका कार्यालय पुन स्थापना हुँदा स्थानिय तहलाई काम गर्न कठिनाई भएको भन्दै यहाँको समस्या सुल्झाउन विषयगत मन्त्रालयले नै सहजीकरण गरिदिनुहुन जरुरी रहेको बताए । तिमिल्सिनाले बागलुङको विकासका निम्ती हिजोको दिनमा पनि निरन्तर सहयोग गरेको र आउँदा दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिका कार्यालयको समस्याको बारेमा जानकारी गराएका थिए भने उपप्रमुख राजु खड्काले यस क्षेत्रमा विकास निर्माणका काम र आगामी दिनमा गर्नुपर्ने गतिवधिका बारेमा जानकारी गराएका थिए ।  हाल नगरपालिका कार्यालय साविकका कृषि विकास कार्यालयमा रहेका र यहाँबाट कार्यसम्पादनमा कठिनाई भएको कारण केन्द्र सरकार सँग समन्वय गरी हालको कृषि ज्ञान केन्द्रलाई अयन्त्र व्यवस्थापन गर्न पहल थलिएको छ । 
 

प्रतिक्रिया