बागलुङ । बागलुङको बडिगाडमा पिकअप जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बिहीबार दिउसो पौने ४ बजे बडिगाड गाउँपालिका–७ टुनिबोट स्थित भित्री सडकमा रणसिङकिटेनीदेखि शिखर हाईड्रोपावरतर्फ आउँदै गरेको प्रदेश ३–१–०२२ च ८८८५ नम्बरको बोलरो पिकअप दुर्घटना भएको हो ।
दुर्घटनामा पिकअप चालक स्याङ्जा गल्याङ नगरपालिका–८ का ३० वर्षीय हिमाल श्रेष्ठ, दोलखाको दोलखा नगरपालिका–६ का ३५ वर्षीय रमेश कुमार जिरेल, बागलुङको बडिगाड गाउँपालिका–७ का एक वर्षीय आरुष पाईजा, सोही ठाउँका २० को अमृत पाईजा र २० वर्षीय सन्दिप गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणिन्द्र प्रसाइले जानकारी दिए । पिकअप सडकदेखि करिब १५० मिटर तल भिमखोलामा पुगेको छ ।