• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • कला/मनोरञ्जन ,
  • भिडियो

बिक्रम शर्माको ‘चौतारीमा बरको छायाँ’

  • फाल्गुण १, २०७८

बागलुङ- लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचाहन बनाएका गायक तथा सर्जक बिक्रम शर्माले लोक तथा दोहोरी गित ‘चौतारीमा बरको छायाँ’ सार्वजनिक गरेका छन । शर्माले आफ्नो युबट्युब च्यानल मार्फत आईतबार गित सार्वजनिक गरेका छन । चौतारीमा बरको छायाँ आगनीमा घरको यो मुटुमा तिम्रो मायाँ छैन सानु अर्को....... बागलुङको बलेवा पैयुँपाटामा जन्मिएका शर्मा सानै देखी लोकदोहोरी क्षेत्र निकै सक्रिय थिए । उनि हाल अष्ट्रेलिया छन ।  जिबि सुनारको लय तथा शब्द रहेक उक्त गितमा गायक शर्मा र अहिलेकी चर्चित लोक दोहोरी गायिका अस्मिता डल्लाकोटीको स्वर दिएका छन । चर्चित निर्देशक सुनिल क्षेत्रीले निर्देशन गरेको गितमा निर्देशक क्षेत्र र नायिका तथा मोडकल गिता ढुंगानाले अभिनय गरेका छन । टंक कार्कीको निर्माण रहेका गितको सम्पादन अमृत चापागाईले गरेका छन भने गित जनता डिजिटल फिल्मको उत्पादन रहेको छ । गितमा रुपा सिंजाली मगर, सुनिता सुनार जिबी सुनार र रोमियो राजनको कोरस स्वर रहेको छ । गितको एरेञ्ज तथा रेकडिङ महेश विक्रम पाण्डेले गरेका छन । आईबार गित सार्वजनिक भए सँगै युबट्युबमा भ्युवर पनि ह्वात्तै बढेका छन । पछिल्लो समयमा नयाँ नयाँ गायक तथा सर्जकहरुले पनि उत्कृष्ट लोकदोहोरी गित सार्वजनिक गरेका छन ।

भिडियो हर्ने यहाँ क्लिक गर्नुहोला । 

 

प्रतिक्रिया