• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार ,
  • ढोरपाटन

ढोरपाटनमा एमाले विरुद्धमा गठबन्धन, चुनावी सहकार्यका लागि सँगै कार्यक्रम 

  • फाल्गुण ३०, २०७८

छविलाल पाण्डे-  आगामी स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा ढोरपाटन नगरपालिकामा रहेका विभिन्न ६ दलीय गठवन्धन थप सक्रिय पूर्वक निर्वाचन लक्षित आफना कार्यक्रममा अगाडी बढेको छ ।
 ढोरपाटन नगरपालिकामा नेकपा एमालेका विरुद्धमा विभिन्न ६ दलले चुनावी सहकार्य गरेर अगाडी बद्ने उदेश्य सहित आफनो कार्यक्रमलाई अगाडी बढाइरहेका छन ।
 सोमबार बुर्तिबाङ बजारमा साविक बुर्तिबाङ गाविस स्तरीय अगुवा कार्यक्रता भेला तथा प्रशिक्षण मुलक कार्यक्रम सम्पन्न गरेका दलहरुले अव क्रमश सबै वडा , टोल –टोलमा पुगेर निर्वाचन मुलक कार्यक्रममा जोडिने बताउँदै ढोरपाटन नगरपालिकामा स्थानिय सरकारले गरेका हरेक खराव प्रबृर्तिको भण्डाफोर सहित गाउँगाउँमा पुगेर जनतालाई सचेत गराउने गरी अगाडी बढ्ने नेताहरुले बताए  । 
नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी, नेकपा क्रान्तीकारी माओबादी सहित ६ दलले आफुहरु सँयूक्त रुपमा गठवन्धन गरेर निर्वाचनमा जाने बताउँदै निर्वाचन लक्षित विभिन्न कार्यक्रम सुरु भइसकेको बताएका छन । 
 आयोजित कार्यक्रमलाई  नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचनले सम्वोधन गर्दे ढोरपाटन नगरपालिकालाई पचास बर्ष पछि धकेल्ने गरी नगर प्रमुख देवकुमार नेपालीले आफु मात्र उचो हुने काम गरेको भन्दै अव पनी जनता सचेत नभए ढोरपाटन नगरपालिका धेरै पछाडी पर्ने बताए ।  
ढोरपाटन नगरमा शिक्षा, स्वास्थ, कृर्षि, प्रर्यटन तथा जनताका दैनिक जनजिवीकाका सवाललाई लत्याउँदै राज्यको स्रोत र साधनको चरम दुरुपयोग गरी मेयर देवकुमार नेपालीले आफना कार्यक्रता पोस्ने काम मात्र गरेको आरोप लगाए । उनले फरक प्रसँगमा वोल्दै जनताले काठ दिएर हलो वनाउन चुनावमा जिताएपनी हलोको सट्टा मुँग्रो बनाई छोडेको समेत बताए । 
अव गठवन्धन आफुहरु एकधिक्का भएर अगाडी बद्ने बताउँदै  कसैलाई पनी पदको भन्दा पनी ढोरपाटनमा देखिएको खराव प्रवृर्तिको अन्त्यको प्राथमिकता उच्च रहेको बताउनु भयो । कार्यक्रममा नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य एवं ढोरपाटन नगर इन्चार्ज चन्द्रलाल अर्यालले बोल्दै भन्नुभयो आफुहरु फरक फरक दलविच गठवन्धन गर्नुको एउटै तात्पर्य यहाँको खराव प्रवृर्तिलाई हराउनु नै हो , हामी स्थानिय तह सुरु भएदेखि हालसम्म एकै ठाउँमा छौँ नगरपालिकाले गरेको कर बृद्र्धि, अराजक गतिविधी, चरम दुरुपयोगका विरुद्धमा गोलवन्द हुँदै आएको अवस्था छ अवको स्थानिय तह निर्वाचनलाई लक्षित गर्दे थप शसक्त भएर उभिनुको विकल्प नरहेको बताउँदै अव गाउँ –गाउँमा जनतालाई सचेत बनाउँदै कार्यक्रममा अगाडी बढिने बताए ।  । कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले बोल्दै आफनो पाटीले निर्वाचनमा भाग लिने र यहाँको परिवेश अनुसार गठवन्धनमा राजमो समेत सरिक भएर ढोरपाटन नगरपालिकालाई भोली जनताको नगरपालिका बनाउने गरी अगाडी बद्ने उदेश्यका साथ विभिन्न आस्था र सिद्धान्त वोकेका पार्टीहरु विच गठवन्धन भएका बताए । 
 भोलीका दिनमा जनताको सरकार छ जनताको अधिकार रहन्छ र सबै नागरीक एकै हुन भन्ने खालको प्रत्याभुती दिलाउन र अहिले भइरहेको अनियमितता, राज्यको स्रोत र साधन माथिको दुरुपयोग एवं गरीव निमुखा जनतालाई कुल्चिएर गरीएको राजनैतिक व्यापारको अन्त्य गर्नका निम्ती आफुहरु अगाडी बढिसकेको बताउँदै पद लोभलालचमा नलागी खराव प्रवृर्तिको अन्यका निम्ती ६ वटै दल एकजुट हुनुपर्ने बताए 
 आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीको तर्फदेखि गँगा बहादुर घर्ती, नेकपा एकिकृत समाजवादीको तर्फदेखि राजेन्द्र वि.क., जनता समाजवादी पार्टीको तर्फदेखि सँकर कुवँरले बोल्दै आफुहरु समेत गठवन्धमा सहभागी भई यहाँको खराव प्रवृर्तिलाई निस्तेज पार्ने गरी अगाडी बढ्ने बताए ।  
गठवन्धनले ढोरपाटन नगरपालिकामा भइरहेको अनियमितता, तथा दुरुपयोगको विषयमा १८ बुँदै प्रचा सहित जनतालाई बझाउने गरी ६ दलले हस्ताक्षर समेत गरेका छन । आयोजित कार्यक्रममा नेपाली काँग्रेस ढोरपाटन नगर सभापती धन बहादुर कायतको अध्यक्षता, राजमो ढोरपाटन नगर सम्योजक दिपक थापाको स्वागत, दिलमाया पौवीको मन्तव्य रहेको कार्यक्रम नेकपा माओबादी केन्द्र ढोरपाटन नगर अध्यक्ष भिम गौतमले सञ्चालन गरेका थिए ।  
 

प्रतिक्रिया